भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद



भैरहवा । रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।


प्याज र मोटरासाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।