भरुवा बन्दुकसहित २ जना पक्राउ



तनहुँ । तनहुँमा अवैध भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई गएराति पक्राउ गरेको प्रहरी चौकी पुर्कोटले जनाएको छ ।

उक्त चौकीका अनुसार जिल्लाको भानु नगरपालिका–८ देउरालीटारस्थित जंगलबाट भरूवा बन्दुक, बारूद करिब २ सय ग्राम र बन्दुकमा लाग्ने केभ ७ थानसहित २ जनालाई पक्राउ परेका छन् ।


पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीय विष्णुहरि लोहनी र ७५ वर्षीय लक्ष्मण भुजेल रहेका छन् । प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुक र खरखजानासहित पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।