काठमाडौं । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारहरुलाई अनुदान दिने भएको छ ।
काउन्सिलले आज जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ ।
अनुदानमा एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत र काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।