प्रदर्शन तथा भीड नियन्त्रणमा घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर



काठमाडौं । प्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेको जानकारी दिए ।


अधिवक्ता त्रिपाठीले निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गर्ने र प्रयोगको आदेशमार्फत जीवन अपहरणमा संलग्न जो कोहीलाई आपराधिक दायित्वसहित ज्यानसम्बन्धी कसुरमा अभियोजनको व्यवस्था गर्न माग गरेका छन् । 

त्यस्तै भीड नियन्त्रणको अहिंसात्मक तौर तरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

उक्त रिटको सुनुवाइ भोलिका लागि तोकिएको छ ।