पीएम कपमा सुदूरपश्चिमको विजयी शुरुवात



काठमाडौँ । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

सोमबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेसलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । लुम्बिनी प्रदेशले दिएको १५९ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।


यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै ४८.४ ओभरमा अल आउट हुदै १५८ रन बनाएको थियो ।

यो जितसहित सुदूरपश्चिमले पहिलो खेलमा जित हासिल गर्दै २ अंक हासिल गरेको छ भने लुम्बिनीले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

अब सुदूरपश्चिमले अर्को खेल मंगलबार कर्णाली प्रदेशविरुद्ध खेल्ने छ भने लुम्बिनीले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने तालिका रहेको छ ।