काठमाडौँ । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् ।
नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ । पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो ।
त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुदै १११ रन मात्र बनाएको थियो । खराब मौसममा कारण यो खेल ४२-४२ ओभर मात्र खेलाइएको थियो ।