काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय भिमादका सई उदयराज पौडेलका अनुसार घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको छ । वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर थापाले घुम्तीबाट करिब ३ सय मिटर तल जिप खसेको बताए ।