न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेकी छन् । परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो ।
न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।
आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड–१९ महामारीका कारण स्थगन गरिएको थियो।