काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले आइतबार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आरतीले श्रीमान भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्।
उनले शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती गिरी सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।
भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन्। तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो अर्धचेत गिरीलाई प्रहरीले अस्पताल लगेको छ ।