नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशक पदमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।


मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ ।