नेपाल एयरलाइन्सका सम्पूर्ण क्याबिन क्रू न्याय माग्दै सर्वोच्चमा



काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याविन क्रु) हरुले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको रिट निवेदनमा उल्लेख छ ।


निगमका एक सय ३५ जना क्याविन क्रुहरुले सामूहिक रुपमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइएको छ ।