नयाँ बानेश्वरका दुई व्यापारीलाई साढे २ लाख जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठगेको आरोपमा दुई जना दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको हो ।


विभागले नयाँ बानेश्वरको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए । उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्नुका साथै कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको पाइएपछि विभागले कारबाही गरेको जनाएको छ ।

यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ । 

आज विभागले नयाँ बानेश्व क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो ।