धनुषामा दिनदहाडै साढे ९ लाख लुटियो



जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९, लालगढस्थित चित्रा आयल स्टोर्सको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।

आज बिहान ११ बजे पेट्रोलियम पदार्थ बिक्री गरेर जम्मा भएको नगद १२ किलोमिटर टाढा रहेको महोत्तरीको बर्दिवासस्थित बैंकमा जम्मा गर्न जाने क्रममा लुटेरा समूहले बन्दुक देखाएर लुटपाट गरेको हो ।


पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार पूर्व–पश्चिम राजमार्गको व्यस्त सडक किनारामा मोटरसाइकलमा सवार पम्पका कर्मचारी ध्रुव बस्नेतलाई मोटरसाइकलमै आएका लुटेरा समूहले घेरा हालेर बन्दुक देखाई पैसा लुटेका हुन् ।

लुटेरा समूहको खोजी गरी कानुनी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराइदिन प्रहरीसमक्ष निवेदनसमेत दिइएको उनले बताए ।