दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत



काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजीनामा स्वीकृत गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो ।

साथै, रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्नेसमेत निर्णय भएको छ ।


साथै, प्राधिकरणको रिक्त अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मका लागि नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको छ ।

अध्यक्ष खनालले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका थिए । पछिल्लो समय खनाल टेरामक्स, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) लगायतका विवादमा तानिएका थिए । विभिन्न प्रकरणमा नाम जोडिएपनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत परेका छन् ।