काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस दाङको देउखुरीको राप्ति गाउँपालिका- १ भालुवाङ स्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् । साथै, उनले घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
उनले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गराएका छन् ।