टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ



काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।