जापानमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी जारी



काठमाडौँ । जापान सागरको तटीय क्षेत्र मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.४ म्याग्निच्युड (रेक्टर स्केल) को शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि प्रिफेक्चरमा ठूलो सुनामीको चेतावनी जारी गरिएको जापानी मिडिया एनएचकेले जनाएको छ ।


निगाटा, टोयामा, यामागाटा, फुकुई र ह्योगो प्रिफेक्चरका लागि पनि सुनामी चेतावनी जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एनएचकेका अनुसार प्रशासनले १६ फिट अग्लो छालहरू उठ्न सक्ने बताएको छ भने तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।