काठमाडौं । सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरुको नाम प्रकाशन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले छूट सहिदहरुको नाम प्रकाशन गरी थप सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
साथै, मन्त्रिपरिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने पनि निर्णय भएको छ ।