काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनकाे जिम्मा सरकारलाई लगाउने मेयर्स फोरमको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई जिम्मा लगाउने निर्णय गरेका छन् ।

बुधबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको काठमाडौं भ्याली मेयर्स फोरमको बैठकले उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सरकारलाई नै अनुरोध गर्ने निर्णय गरेको हो ।


ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारलाई नै फोहोर व्यवस्थापनको काम गर्न आग्रह गर्ने निर्णय गरिएको बताए ।

उनले भने, ‘नेपाल सरकार र नेपवेस्टको बीचमा जुन २०११ मा भएको एउटा सम्झौता छ, त्यो हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । तसर्थ, उपत्यकाभित्रको सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नको निमित्त नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’