स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् । हालै सञ्चालन गरिएको २०२३÷०२४ मा सञ्चालन गरिएको पानीमा बस्ने चरा अनुगमन अभियानको क्रममा कर्मचारीहरूले हेङ्सुई लेक नेसनल नेचर रिजर्भमा ७० प्रजातिका चराहरू फेला पारेको केन्द्रका झाङ युगुआङले बताए ।
हेबेई प्रान्तीय वानिकी र घाँसे मैदान विभागका विज्ञ एन चुनलिनले जाडो सामान्यभन्दा चिसो हुँदा ६० हजारभन्दा बढी चराहरूलाई केन्द्रमा बासस्थान र प्रशस्त खाना प्रदान गर्ने बताए ।
सर्वेक्षणको नतिजाले आरक्षको पारिस्थितिकीय वातावरणमा सुधार र पारिस्थितिकीय संरक्षणमा यसका उपलब्धिहरू प्रतिबिम्बित गर्दछ ।
हेबेईको हेङ्सुई सहरमा अवस्थित हेङ्सुई ताल, उत्तरी चीनको मैदानमा सबैभन्दा ठुलो एकल पानीको सतह भएको राष्ट्रिय प्रकृति आरक्ष हो । आरक्ष र वरपरका क्षेत्रमा सिमसार, ताल, घाँसे मैदान र घना जङ्गलले पर्यावरणलाई सन्तुलित पारेको छ ।
यो पूर्वी एसियाली–अष्ट्रेलियाली उडान मार्गमा प्रवासी चराहरूको बासस्थानको लागि रोकिन महत्वपूर्ण ठाउँ पनि हो । यहाँ प्रकृति आरक्षका कर्मचारीहरूले अहिलेसम्म ३३४ प्रजातिका चराहरू अवलोकन गरिसकेको बताएका छन् ।