इयुद्वारा रुस विरुद्धको आर्थिक प्रतिबन्ध विस्तार



ब्रसेल्स । युरोपेली संघ (ईयु) ले सोमबार रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप ६ महिनाका लागि लम्ब्याएको छ । जारी रुस–युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

‘जबसम्म रुस–युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ’ इयुले भनेको छ ।  इयुले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको  जनाएको छ ।