इन्डोनेसियाले यसवर्ष २० लाख टन चामल आयात गर्ने



इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ ।

तथ्याङ्क इन्डोनेसियाले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ ।


राष्ट्रिय खाद्य एजेन्सीका प्रमुख आरिफ प्रसेत्योले सरकारले भियतनाम, थाइल्याण्ड र चीनबाट खाद्यान्न आयात गर्ने तयारी गरेको जानकारी दिए । योसँगै सरकारले अघिल्लो वर्षको पाँच लाख टनको बक्यौता आयात कोटा पनि पूरा गर्नेछ ।

उक्त परिमाणको चामल जनवरीको अन्त्य वा फेब्रुअरीमा देशमा आइपुग्ने बताइएको छ । उपवास महिनाको रूपमा परिचित मार्च र अप्रिल ईद अल–फित्र बिदामा बढ्दो खाद्य आवश्यकताहरू पूरा गर्नु आयातको मुख्य उद्देश्य हुनेछ ।