आहा रारा गोल्डकपः आज क्वार्टरफाइनलमा मनाङ्ग र जावलाखेल भिड्दै



काठमाडौं । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।

आजको खेलमा मनाङ्ग मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पोखरा रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।


जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो भने मनाङ्गले बाइ पाएर सिँधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो।