आचरण उल्लङ्घनको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टीद्वारा एक लाख भन्दाबढीलाई कारबाही



चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा एक लाख ७ हजार ५ सय ४७ घटनाको छानबिन गरिएको जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख भन्दा बढीलाई कारवाही गरिएको छ ।


गतवर्ष जिम्मेवारी पूरा गर्न नसकेको, कर्तव्य पालना गर्न नचाहने र आर्थिक तथा सामाजिक विकासको सेवा तथा पारिस्थितिकी वातावरणको संरक्षणमा मनमानी वा जालसाजी गर्ने ३९ हजार ७ सय ८१ मुद्दाहरूमाथि अनुसन्धान गरिएको थियो।