हरेक शुक्रबार मन्त्रीले संसद्मा आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुपर्ने



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज संसदीय दलका सचेतकहरुसँग छलफल गरेका छन् ।

संसद्मा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बोधन नभएको भन्दै प्रश्न उठेपछि आज (मंगलबार) सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरे र संसदीय दलका सचेतकहरुसँग भएको छलफलमा हरेक शुक्रबार मन्त्रीले आफू र आफ्नो मन्त्रालयका सन्दर्भमा उठेको प्रश्नको जवाफ दिनुपर्ने बारे सहमति बनेको छ ।


‘हरेक शुक्रबारका दिन मन्त्रीेले उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने सहमति भएको छ,’– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने ।