सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प



काठमाडौं । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।


भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।