सरकारले देश हितविपरीत काम गर्‍यो : झलनाथ खनाल



काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।


उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरू देशको दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउने विषय राष्ट्रहितविपरीत भएको जिकिर गरे । छिमेकी देशले दिने अनुदान आफूहरू सहस्र स्वीकार्न तयार रहेको तर दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशका निम्ति नराम्रो भएको उनले उल्लेख गरे ।

सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनै पनि सरकार अघि बढ्न जरुरी रहेकामा जोड दिए ।