सन्दीप लामिछाने उच्च अदालत जाने



काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैद सजाय सुनाएपछि उक्त निर्णयविरुद्ध उनी उच्च अदालत जाने भएका हुन् ।


क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताए ।

त्यस्तै इजलासले सन्दीपलाई ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।