काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको भविष्यबारे नेपाल क्रिकेट संघ (क्यान)ले छिटै निर्णय गर्ने भएको छ ।
क्यानले आज किर्तिपुर मैदानमा आयोजना गरेको संघको २०२४ सालको वर्षभरीको क्रिकेट क्यालेण्डर सार्वजनिकीकरण कार्यक्रममा संघका सचिव पारस खड्काले यसबारे जानकारी दिएका हुन् ।
सन्दीपको भविष्यबारे पत्रकारले राखेको जिज्ञासामा सचिव खड्काले संघले आफ्ना कानुन व्यवसायीमार्फत सन्दीपका कानुन व्यवसायीसँग यस विषयमा छलफल गरेको र अदालतको पूर्ण फैसला नआउँदासम्म क्यानले कुनै आधिकारिक धारणा सार्वजनिक नगर्ने तय भएको बताए ।
पुर २५ गते अदालतले सन्दीपलाई सजाय सुनाउने र त्यसपछि अदालतको फैसलाको पूर्णपाठ पनि आउने अपेक्षा गरिएको बताउँदै सचिव खड्काले अदालतको कारवाही पूरा भइसकेपछि क्यानले लामिछानेको बारेमा आधिकारिक निर्णय गर्ने र यो विषय वक्तव्यमार्फत सार्वजनिक रुपमा जानकारी गराइने बताए ।