रुवाण्डाद्वारा ९१ मिलियन डलरभन्दा बढी राजस्व संकलन



रुवाण्डामा बैठक, प्रोत्साहन, सम्मेलन र कार्यक्रमले सन् २०२३ मा उल्लेखनीय वृद्धि हासिल गरेको छ । ती क्षेत्रबाट अघिल्लो वर्षको ६४ मिलियन अमेरिकी डलरको तुलनामा ९१ मिलियन अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन गरेको छ ।

रुवाण्डाले गत वर्ष १५० भन्दा बढी सम्मेलनहरू आयोजना गरेको थियो जसले राष्ट्रिय अर्थतन्त्रका लागि ९१ मिलियन अमेरिकी डलर भन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।


यसले देशको राम्रो छवि प्रस्तुत गरेको र रुवान्डाका  जनताका लागि रोजगारीहरू सृजना गर्न  सहयोग पुग्ने  कार्यक्रम प्रवर्द्धक निकाय, रुवान्डा कन्भेन्सन ब्युरोका प्रचारका प्रभारी फ्रान्क मुराङ्वाले रुवान्डा टेलिभिजनलाई बताएका छन् ।

यस्ता कार्यक्रमले सम्मेलन सुविधामा लगानी लगायत देशको पूर्वाधार विकासले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको र देशलाई ठूला अन्तरराष्ट्रिय सम्मेलनहरू आयोजना गर्न सक्षम बनाउन ठूलो भूमिका खेलेको मुराङ्वाको धारणा छ ।