काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएकी हुन् ।
कांग्रेसका उम्मेदवार श्रेष्ठ अन्य क्लष्टरका उम्मेदवार हुन् भने परियार अपाङ्गता र अल्पसङ्ख्यक र शर्मा महिला क्लाष्टरका उम्मेदवार हुन् ।
गण्डकीबाट राष्ट्रिय सभामा ३ सिट रिक्त हुँदैछ । सोही तीन सिटका लागि आगामी माघ ११ गने निर्वाचन हुन लागेको हो ।