राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमबाट माओवादीका २१ जनाको नाम सिफारिस



काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले २१ जनाको नाम सिफारिस गरी पठाएको छ । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट ३ सिटमा प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनमा रहेको माओवादीमा मात्रै ३ सिटमा २१ जना आकांक्षी देखिएका हुन् ।

माओवादीले खुल्लातर्फ ९ जना र अपाङ्गता भएका र महिलाबाट ६/६ जनालाई सिफारिस गरेर पठाएको हो । खुल्लातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ ।


अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जङ्गबहादुर बिक (डोटी) र सञ्जय कट्टेल (बाजुरा) को नाम राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यसैगरी महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लीला कुँवर (दार्चुला) र विमला सिंह (कैलाली) को नाम सिफारिसमा परेको छ ।