काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।
मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि १० औं दिनमा उनी छुटेका हुन् ।
मंसिर ७ मा पोखरा अमरसिंह चौरमा लामिछानेले भाषण गरिरहँदा रानाभाटले मकैको खोया प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।