भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन कपिलवस्तुका २ पालिकामा बिदा



बुटवल । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठा हुने दिन कपिलवस्तुका २ पालिकामा बिदा दिइएको छ ।  जिल्लाको सुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै यही माघ ८ राम मन्दिरको अभिषेक र प्राण प्रतिष्ठाका दिन बिदा दिइएको जानकारी दिएका हुन् । 

सुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश चौधरी र कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जारी गरेको सूचनामा उक्त दिन पशुपक्षीको बध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको उल्लेख छ । 


नेपाली चेली सिताको विवाह भगवान् रामसँग भएकाले आफूहरुले स्थानीय बिदा दिइएको गाउँपालिका प्रमुख चौधरीले बताए ।

palika 2