काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उउच्चस्तरीय जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले आयोग गठन गरेर ललितपुर बालकुमारी घटनाबारे निष्पक्ष छानबिन गर्ने निर्णय गरेको हो ।
बालकुमारी घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा ४ सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारीका व्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
हिजो (आइतबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई तत्काल उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
घटना भएकै दिन प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
तर, मृतकका परिवार उक्त समितिप्रति असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राखेपछि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने सरकारले निर्णय गरेको छ ।
बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको छ ।