दाङको बस दुर्घटनाप्रति जसपाद्वारा दुःख व्यक्त



काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गतको दाङको भालुबाङमा शुक्रबार राति यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको घटनाप्रति जसपाले दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका दुई भारतीय नागरिकसहित बाँके, मकवानपुर, काठमाडौं, जुम्ला, रुकुमका यात्रुहरूप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।


साथै, बस्नेतले उक्त घटनाबाट शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।