टर्कीले काबुल विरुद्ध गतिविधि गर्न अनुमति नदिने



अफगानिस्तानका लागि टर्किएका राजदूत सेन्क अनालले अफगान राजनीतिक मामिलाका लागि अफगान उपप्रधानमन्त्री मौलावी अब्दुल कबीरसँगको भेटमा अङ्काराले अफगान सरकारविरुद्ध राजनीतिक र सैन्य गतिविधिलाई अनुमति नदिने बताएका छन् ।

अफगानिस्तानको टोलोन्युजले अफगान सरकारको विज्ञप्तिलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो । भेटका क्रममा उनीहरू बीच कृषि, विद्युत, खानीलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् ।