छुट जग्गा दर्ताका लागि निवेदन आह्वान



काठमाडौं । सरकारले नापजाँच भएको तर विभिन्न कारणले दर्ता छुट भएको जग्गाको दर्ता खुला गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै छुट जग्गाको दर्ता खुला गरिएको जनाकारी गराएको हो ।


जग्गा दर्ताको लागि निवेदन दिन मन्त्रालयले दुई वर्षको समय दिएको छ ।

‘नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ क. को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फछ्र्यौट हुन बाँकी रहेका पुराना निवेदन फछ्र्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ,’– सूचनामा भनिएको छ ।