काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ ।
अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल अहिले बिहान ११ः ०० बजे नेपाल आईपुग्न लागेको हो । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो । उपमन्त्री सुनले नेपाल बसाइँका क्रममा विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
चार दिने भ्रमणका लगि नेपाल आउन लागेको उक्त टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।