काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आइतबार मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक बोलाइएको थियो ।
बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेको हो । कम्तीमा १४ जना उपस्थित हुनुपर्नेमा १० सदस्य मात्र बैठकका निम्ति पुगेका थिए ।
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने बैठकको कार्यसूची थियो ।