कोभिडको सब भेरियन्ट जेएन.१ को जोखिम बढेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ ।