उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त



काठमाडौँ । न्याय परिषदले उच्च अदालतका रिक्त रहेका ३९ जना न्यायाधीश नियुक्ति गरेको छ ।

न्याय परिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको न्याय परिषदको वैठकले सातै प्रदेशमा रहेका उच्च अदालतका लागि न्यायाधीश नियुक्ति गरेको हो ।


३९ जनामध्ये ९ जना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्ति गरिएको छ ।  त्यसैगरी आजको बैठकले १६ जना उच्च अदालतका न्यायाधीशहरुको सरुवा समेत गरेको छ ।