इरानमा बम विष्फोटमा परी मृत्यु हुनेको संख्या एकसय नाघ्यो



हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा एकसय भन्दा बढीको मृत्यु भएको छ ।आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

विष्फोटमा परी सुरुमा ७३ जनाको मृत्यु भएको बताइएको थियो । तर अहिले मृत्यु हुनेको संख्या एकसय तीन पुगेको बताइएको छ । बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएका र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।


सरकारी टेलिभिजनले उक्त विस्फोटलाई ‘आतङ्कवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा उक्त विस्फोट भएको हो । लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् ।