सिड्नी । पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको छ ।
पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए अनुसार बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।
पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।