अमेरिका निकट विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित



सीएनएन । ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ऐतिहासिक लगातार तेस्रो राष्ट्रपतीय निर्वाचनमा जित निकालेको छ । ताइवनाको राष्ट्रपतिमा अमेरिका निकट विलियम लाइ विजयी भएका छन् ।

हालै संयुक्त राज्य अमेरिकाका लागि ताइवानको शीर्ष राजदूतको रूपमा सेवा गरेका लाइका सहयात्री हसियाओ बि–खिम उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।


ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का उम्मेदवार लाइले कुल मतको ४० प्रतिशत मत प्राप्त गरेका ताइवानको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

ताइवानको विपक्षी दल कुओमिन्ताङ (केएमटी) पार्टीका उम्मेद्वार हाउ यु–इहले ३३.४९ प्रतिशत मत प्राप्त गरे भने ताइवान पिपुल्स पार्टी (टीपीपी) का उम्मेदवार को वेन–जेले २६.४५ प्रतिशत मत प्राप्त गरे । निर्वाचनमा १४ मिलियन भन्दा बढी मानिसहरूले भाग लिएका थिए, जसको मतलब मतदाता मतदान ७१ प्रतिशत मतदान भएको थियो । उनका दुई विपक्षी प्रतिद्वन्द्वी हार स्वीकार गरेका छन् ।

जितपछि लाइले भने, “यो एक रात हो जुन ताइवानको हो। हामीले ताइवानलाई विश्वको नक्सामा राख्न सफल भयौं ।’ उनले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताए। चीनले सधैं उनलाई ताइवानको स्वतन्त्रताको समर्थक भएको बताउँदै आएको छ।