काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा १३ सयले बढेर आज १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको । यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४ सयमा कारोबार भइरहेको ।
त्यसैगरी चाँदीमा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस अघि बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ रहेको छ ।