विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण



काठमाडौं । गत शुक्रवार नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ दशमलव ३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

२७ औं विशेष परीक्षामा १८३ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना उत्तीर्ण (५१ दशमलव ३६ प्रतिशत), ८९ जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएअनुसार परिचयपत्र लिई नआएकोले ६ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।


यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।