रुसले ‘ओशन–२०२४’ रणनीतिक सैन्य अभ्यास गर्ने



मस्को । रुसले अर्को वर्ष ‘ओशन–२०२४’ नामाक सैन्य रणनीतिक कमाण्ड र स्टाफ अभ्यास गर्ने भएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार रक्षा मन्त्रालयको बोर्डको बैठकमा सो बारे जनाकारी गराएका हुन्।

‘ती अभ्यासहरूमध्ये करिब २० वटा विदेशी राज्यका एकाइहरू सामेल हुनेछन । त्यसैगरी चारवटा अभ्यास सामूहिक सुरक्षा सन्धि सङ्गठन र साङ्घाई सहयोग सङ्गठनको ढाँचाभित्र हुनेछन्’ उनले भने ।


रक्षामन्त्रीका अनुसार यो अभ्यास ‘ओशन–२०२४’ रणनीतिक कमाण्ड र स्टाफ अभ्यासको साथ आयोजना हुनेछ जसमा रुसी सशस्त्र बलका सबै शाखाहरू समावेश हुनेछन् ।

सोइगुले लडाई प्रशिक्षण योजनाको कार्यान्वयनले ूराष्ट्रिय हितको रक्षा गर्ने र सैन्य र राजनीतिक परिस्थितिमा भएको परिवर्तनको लागि समयमै प्रतिक्रिया दिने उद्देश्यका साथ कार्य गर्नेछ ।