काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको फेरि ६ महिना समय अवधि थप गर्ने निर्णय गरेको छ ।
पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको समयावधि ६ महिना थप गर्ने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।