भोजपुरमा ढलानको तयारीमा रहेको निर्माणाधीन पक्की पुल यसरी भत्कियो



काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्ने पुल आज बिहान भत्किएको हो ।

पुल ढलानको तयारी भइरहेका बेला भत्किएको हो । ठेकेदार र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ ।